१४ आश्विन २०७७, बुधबार

काठमाडौं, १४ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय २ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय २ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ६ सय ९७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १२ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ९३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २४ हजार १ सय ३२ पुगेको छ । यसमध्ये काठमाडौमा १८ हजार ९ सय ८९, ललितपुरमा २ हजार ३ सय ४६ जना र भक्तपुरमा २ हजार १ सय ३० जना संक्रमित छन् ।

LIVE TV