१४ आश्विन २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, १४ असोज । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा मोरङको जहदा गाँउपालिका ६ का ६३ वर्षीय पुरुषकोे उपचारको क्रममा वुधवार विहान मृत्यु भएको छ ।

उनको असोज ४ गते कोरोना पुष्टि भएको र त्यसै दिन कोभिड उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । उनलाई सासफेर्ने समस्या भए पछि अस्पताल भर्ना गरिको थियो पुरानो रोग सुगर उच्च रक्तचाप भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई ५ गते देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको र रेम्डिसिभिर औषधी पनि चलाईएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेको क्रममा उनको वुधवार विहान ४ बजे मृत्यु भएको कोभिड उपचार केन्द्रका संयोजक डा.दिपक सिग्देलले जाकारी दिनु भयो ।

शवको व्यवस्थापन मोरङको थलाहा स्थित नेपाली सेनाको सुर्यदल गणले गर्ने कोभिड उपचार केन्द्रका व्यवस्थापनक संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।
प्रदेश १ मा यो संगै ६८ जनाको मृत्यु भएको छ भने १३ जना बाहरिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV