१३ आश्विन २०७७, मंगलवार

काठमाडौं, १३ असोज । विभिन्न माग राखेर अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा.केसी अलायन्स’को आज (बंगलबार) पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

‘नाममा समाजबाद, स्वास्थ्यमा व्यापार’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, ‘गोबिन्द केसीको माग पूरा गर, गोबिन्द केसीको जीवन रक्षा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’, ‘लूटतन्त्र बन्द गर’लगायतका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।

युवाहरुको उक्त समूहले सोमबार (हिजो) साँझ पनि १९ औं अनसनको १५ औं दिन डा.केसीको मागहरूको समर्थन तथा जीवनरक्षाको माग गर्दै दीप प्रज्ज्वलन गरेका थिए ।

त्यसोत, केही दिन अगाडि मात्रै डा. केसी आफैले भिडियो सन्देशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सामान्य मागलाई पूरा गरिदिन अपील गरेका थिए । अहिले उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा अनसनरत छन् ।

 

 

LIVE TV