१३ आश्विन २०७७, मंगलवार

एजेन्सी, १३ असोज । भारतमा मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले काम बन्द गर्ने भएको छ ।भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण एआईले आफ्नो काम बन्द गर्ने निर्णय लिएको जनाएको छ ।
भारतले दुई वर्षदेखि लगातारको अनुसन्धान र खातासमेत रोक्का गरेको भन्दै एआईले सबै काम बन्द गर्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

एआईले भारतीय सरकारी निकायहरुबाट दिइरहेको उत्पीडन, हालैको दिल्ली दंगा र जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघनका घटनाको कारण अब त्यहाँ काम नगरिने जनाइएको छ।

एआईलको निर्णयसँगै संस्थामा कार्यरत १५० भन्दा बढी कर्मचारीले पनि जागिर गुमाएका छन् । एमनेस्टी इन्टरनेसनलमाथि भारतले गैरकानुनी रुपमा आर्थिक सहयोग लिएको अभियोग लगाउँदै आएको छ ।

केही वर्षदेखि एमनेस्टी इन्टरनेसनल र भारत सरकारबीच मानवअधिकारको विषयलाई लिएर विवाद चल्दै आएको थियो ।

 

LIVE TV