१३ आश्विन २०७७, मंगलवार
  • मनिराज पाण्डे

कालीकोट, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कालिकोटबाट जुम्ला तर्फ जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक सुर्खेत भेरीगंगा १२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

कुखुरा बोक्ने गाडी खल्लागाड पुलबाट अनियन्त्रित भइ खोलामा खसेको हो । जीपका सहचालक सुर्खेत भेरीगंगा १३ का दिपक डागी सामान्य घाइते छन् । घाइते उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

LIVE TV