१३ आश्विन २०७७, मंगलवार
  • आशिष केसी

सल्यान, १३ असोज । सल्यानको लुहाम बजार क्षेत्र एक साताका लागि शील गरिएको छ । त्रिबेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण पुष्टि भएपछि एक साताका लागि शील गर्ने निर्णय गरेको हो ।

मंगलबार बेलुका ५ बजेदेखि असोज २० गते राति १२ बजे सम्मका लागि त्रिबेणी गाउँपालिकाको कार्यालयय, गाउँपालिका भित्रका सबै वडाहरु क्षेत्रका बन्द गरी लुहाम बजार क्षेत्र पूर्ण रुपमा शील गरिएको छ । पछिल्लो समयमा सल्यानमा विभिन्न स्थानीय तहमा कोरोना देखिन थालेको छ।

 

LIVE TV