१३ आश्विन २०७७, मंगलवार

काठमाडौं, १३ असोज । चीनबाट सामान आयात हुने प्रमुख नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । नाका बन्द भएको एक महिनाभन्दा लामो समयपछि संचालनमा आउने भएको हो । आज नेपाली पक्ष र चीनको ल्हासाको फरेन अफिसको टोलीले गरेको छलफलले आगामी १९ गतेबाट नाका संचालनमा ल्याउने समझदारी गरेकाे बताइएकाे छ ।

असोज १८ गतेसम्म सम्पूर्ण तयारी सक्ने गरी नेपाल पक्षबाट तयारी थालिएको छ । त्यसका लागि लोड अनलोड गर्ने मजदुरको टोली तयार गरिने बताइएको छ । लोड अनलोडका लागि पहिलेका २५ जना कामदार रहेको र अब अझै २८ जना कामदार थप्नुपर्ने आवाश्यकता रहेको बताइएको छ । कामदारहरुको कम्तीमा ५ ५ दिनको फरकमा पीसीआर परीक्षण गरिनेछ ।

LIVE TV