१३ आश्विन २०७७, मंगलवार

काठमाडौं, १३ असोज । गायक बिरेन्द्र श्रेष्ठले ‘जाले रुमाल’ बोलको नयाँ गीत आसोज १४ गते बजारमा ल्याउने भएका छन् । जाले रुमालमा बिरेन्द्रलाई चर्चित गायिका मेलिन राईले स्वरमा साथ दिएकी छन् ।

गीतको म्युजिक भिडियोको काम पनि पूरा भएको गायक श्रेष्ठले बताएका छन् । गीत र भिडियो एकैसाथ रिलिज हुने उहाँले बताउनुभयो । लोक पप जनरमा बनेको गीतमा शब्द संगित भीम बिष्टको रहेको छ ।

गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित नायक पल शाह, सरोज अधिकारी, चर्चित मोडल रियाशा दहाल र आष्मा बिश्वकर्माको अभिनय देख्न सकिेनेछ । म्युजिक भिडियाे नेपालकै नामुद पाँचतारे होटेल, याक एण्ड येतिमा छायाङ्कन गरिएको छ । गीतकाे म्युजिक भिडियाे १४ गते दिउँसाे ४ बजे इनाक्सी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट रिलिज हुनेछ ।

भिडियोमा पल र सरोज लाई दरबारका युबराज को भूमिकामा देखिनेछन् । गायक बिरेन्द्र श्रेष्ठ एक कुशल इन्जिनियरसमेत हुन् । उनको घर हाम्रो लेकैमा, हिउँ पर्यो फुरुरु जस्ता गीस्तहरु चर्चित छन् ।

LIVE TV