१३ आश्विन २०७७, मंगलवार

काठमाडाैँ, १३ असाेज । यस वर्षकाे  पद्‍मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृति र दीर्घ साधकलाइ प्रदान गर्दै आइरहेको पुरस्कार एवं सम्मान विवाद बढेपछि रद्द गरिएकाे हाे ।

पुरस्कार र सम्मान दिइने भनिएका लेखकद्वय सञ्जीव उप्रेती र माेदनाथ प्रश्रितले अलग-अलग विज्ञप्ति निकालेर पुरस्कार लिन अस्वीकार गरेपछि प्रतिष्ठानको आकस्मिक बसेको बैठकले दुवै पुरस्कार/सम्मान रद्द गरेको  प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए । यसअघि प्रतिष्ठानले २०७६ सालभरि प्रकाशित कृतिमध्ये उप्रेतीकाे ‘हंस’ कृतिलाइ पद्मश्री पुरस्कार र भाषा, संस्कृति एवं साहित्यसेवी प्रश्रितलाइ पद्मश्री सम्मान दिने घाेषणा गरेकाे थियाे ।

लामिछानेले एक विज्ञप्ती जारी गर्दै स्रष्टाकाे संवेदनामा चाेट पुर्याउने प्रतिष्ठानकाे कुनै ध्येय नरहेकाे भन्दै सम्बन्धित स्रष्टामा पर्न गएकाे असरबारे क्षमायाचना समेत गरेर दु:ख व्यक्त गरेका छन् ।

LIVE TV