यस्तो बन्यो कृष्ण बुढाथोकीको ‘जादु रैछ मायाको बोलीमा’ (भिडियो)



प्रकाशित मिति : Sep 28, 2020

काठमाडौं, १२ असोज । अमेरिकामा रहेका गायक कृष्ण बुढाथोकीको लोक दोहोरी ‘जादु रैछ मायाको बोलीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा अञ्जली अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् । गल्बन्दी गीतबाट चर्चामा आएकी अञ्जलीको लामो समयपछि गल्बन्दी गीतलाई बिर्साउने ‘जादु रैछ मायाको बोलीमा’ रिलिज गरिएको हो ।

गीतको भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुल बहादुर ओलीको पनि अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोले विषेशगरी गाउँघरमा हुने नाँचगान, दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ ।

गाउँघरमा युवायुवती रातभर दोहोरी गाउने र दोहोरीमा हारजित भए विहे गर्ने परिपाटीलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

कृष्ण बुढाथोकीकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले पनि साथ दिएकी छन् । १५ मिनेट लामो गीतको भिडियोलाई विरेन्द्र भाटले छायाङकन गरेका हुन्, भने ललित केसीले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com