१२ आश्विन २०७७, सोमबार

झापा, १२ असोज । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ ।गौरादह नगरपालिका–१ का ६५ वर्षीया मनमाया भण्डारीको आज हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

LIVE TV