६ महिनापछि तनहुँका सामुदायिक विद्यालय खुल्दा विद्यार्थी बने हर्षित (भिडियो)



प्रकाशित मिति : Sep 28, 2020
  • सविन लामिछाने,

तनहुँ, १२ असोज । लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका तनहुँका विद्यालयमा पठनपाठ्न सुरु भ्रएका छन् । सरकारले लकडाउन र निषेधाज्ञालाई खुकुलो पारेसँगै विद्यालयहरु खुल्न थालेका हुन् ।

विद्यालय खुलेसँगै लामो समय घरमा बसेका विद्यार्थीहरु समेत खुशी भएका छन्, भने उनीहरु उत्साहित हुँदै विद्यालय जान थालेका छन् । कोरोना संक्रमणका कारण बन्द रहेका तनहुँका विद्यालयहरुले आइतबारबाट पठनपाठ्न सुरु गरेका छन् ।

तनहुँमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि र सरकारले लगाएको लकडाउन खुलेसँगै विद्यालयहरु खुल्न थालेका छन् । विद्यालय खुलेसँगै लामो सयम घरमै बसेका विद्याथीहरु खुशी बनेका छन् ।

साथै शिक्षा प्राणालीलाई व्यवस्थित बनाउँन व्ययास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको संयोजकत्वमा दुई जना वैकल्पिक शिक्षा प्रणाली समिति गठन गरेको छ । उक्त समितिको सुझावका आधारमा नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यार्थीहरुका लागि साबुनपानी, स्यानिटाइटर र मास्कको व्यवस्था गर्दै विद्यालय सञ्चालन गरेको सिद्धेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्याक नारायणप्रसाद अधिकारीले जानकारी दिनुयो ।

त्यस्तै दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले भने विषय परिस्थितिमा सकेसम्म अनलाइन कक्षालाई नै प्राथमिकता दिने बनाउँनु भएको छ । अहिले विद्यालय खुले संक्रमणको जोखिम बढ्ने भन्दै उक्त विद्यालयले अनलाइन कक्षालाई प्रभावकारी बनाउँने जनाएको छ ।

व्यास गनरपालिका क्षेत्रमा ७५ वटा सामुदायिक र ४५ वटा संस्थागत विद्यालयहरु छन् । नगरपालिकाले एउटा कक्षामा २५ जना भन्दा बढी विद्यार्थी नराख्न भनेको हुँदा विद्यार्थी संख्याका आधारमा विद्यालयहरुले बिहान १० देखि १ बजेसम्म र दिउँसो १ः३० देखि ५ बजेसम्म गरी दुइ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com