डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन (तस्वीर)



प्रकाशित मिति : Sep 28, 2020
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४,

काठमाडौं, १२ असोज । विभिन्न माग राखेर अनसनमा बस्नुभएका डा.गोबिन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ ।

युवाहरुले सोमबार (आज) साँझ १९ औं अनसनको १५ औं दिनमा डा. केसीको मागहरूको समर्थन तथा जीवनरक्षाको माग गर्दै दीप प्रज्ज्वलन गरेका हुन् ।

डा. केसीको समर्थनमा युवाहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘लूटतन्त्र बन्द गर’, ‘नाममा समाजबाद, स्वास्थ्यमा व्यापार’लगायतका प्लेकार्डसहित प्रदर्शन तथा दीप प्रज्ज्वलन गरेका हुन् ।

डा. केसीले नेपालीहरुको निःशूल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र, तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गर्नु भएको थियो ।

तर, उहाँको स्वास्थ्यमा समस्या आएपछि अहिले उहाँलाई काठमाडौं ल्याइसकिएको छ । हाल उहाँ त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षामा अनसनरत हुनुहुन्छ । केही दिन अगाडि मात्रै डा. केसीले भिडियो सन्देशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सामान्य मागलाई पूरा गरिदिन अपील समेत गर्नुभएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com