दातृ निकायले दिने २७ अर्ब ३८ करोड सहुलियत ऋण लिन अध्ययन कार्यदल गठन



प्रकाशित मिति : Sep 28, 2020

काठमाडौं, १२ असोज । सरकारले विभिन्न दातृ निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनका लागि अध्ययन कार्यदल गठन गरेको छ ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । मन्त्रिपरिषदले स्वास्थ्य क्षेत्रका लागि बेलायत सरकारले उपलब्ध गराउने थप ३ अर्ब ५२ करोड रुपैयाँ आर्थिक र प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विश्व वातावरण सुविधा जीईईएफबाट प्रकृतिका लागि विश्वव्यापी कोष डब्ल्युडब्ल्युएफ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीबाट प्राप्त हुने र वन मन्त्रालयबाट कार्यान्वयन हुने गरी विभिन्न आयोजनाका १४ दशमलव ५९ मिलियन डलर १ अर्ब ७५ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले सशस्त्र प्रहरीको गोताखोरलाई १० लाखको वीमा गर्ने र प्रोत्साहन भत्ताबापत काममा खटिएको दिन तीन सयका दरले भत्ता दिने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com