१२ आश्विन २०७७, सोमबार

काठमाडौं, १२ असोज । महिला हिंसा तथा बालबालिकामाथि हुने जबरजस्ती करणीका घटनाका दोसीमाथि कडा कारवाही गराउने उदेश्यले महिला सांसदहरुले कार्यदल गठन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद बिन्दा पाण्डेको संयोजकत्वमा बिशेषत: बालिका बलात्कार गर्नेमाथि कडा कानुनी कारवाही गरान] गरी सुझाव दिनेगरी ९ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा सांसदहरु शान्ता चौधरी, निरुदेवी पाल, पुष्पा भुसाल, अमृता थापा, रावल, प्रमिलाकुमारी यादव, अनिता देवकोटा, लक्ष्मी परियार र पार्वती थापा रहेका छन् । कार्यदल गठन गर्न सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार बैठक बसेको थियो ।

कार्यदलको लक्ष्य बालिका जबरजस्ती करणी गर्नेलाई मृत्युदण्ड हुनेगरी संविधान शसोधन गराउनेसमेत रहेको बुझिएको छ । त्यसका लागि तत्कालै विभिन्न सन्धिहरु अध्यायन तथा समिक्षा गर्ने काम थालिने बताइएको छ । अधिकांश सांसदहरु बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था ल्याउने पक्षमा रहेपनि नेपालका लागि कानूनी अवरोध भएकाले यसको बाटो खोल्नेबारे अध्यायन गरिने भएको छ ।

पछिल्लो समय मुलुकमा महिला सिंसा तथा बालबालिकालाई जबरजस्ती करणी गर्ने र ज्यानसमेत लिने घटनाहरु बढिरहेका छन् । सोका बिरुद्ध कडा कानून बनाई कार्यन्वयन गराउन देशव्यापी रुपमा विभिन्न पक्षले आवाज उठाइरहेका छन् ।

LIVE TV