नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुग्यो



प्रकाशित मिति : Sep 28, 2020

काठमाडौं, १२ असोज । गत २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।

जसमा सुनसरीकी ३८ वर्षीया महिला र भक्तपुरकी ५१ बर्षीया महिलाको मृत्यु भएको छ । त्यसैगरी बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको पनि संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ४ सय ८१ पुगेको छ । यो मृत्युदर संक्रमितहुनेहरुबाट शून्य दशमलव ६५ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com