१२ आश्विन २०७७, सोमबार
  • सुरेन कुँवर

भरतपुर, १२ असोज । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-७ कृष्णपुरका ५५ वर्षीय पुरुष छन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले मृगौला फेल भइ डायलायसिस गरिरहेका उनीमा असोज ४ गते कोरोना पुष्टि भएको थियो ।

खोकी र स्वासप्रवासमा समस्या भइ उनी भरतपुर अस्पतालको आइसोलेसन वार्डमा असोज ७ गते भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटील हुँदै गएपछि असोज ८ गते कोभिड आइसियूमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ ।

उनको आईसीयूमा उपचार जारी रहेको अवस्थामा सोमबार ९आज० अपराह्न १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

LIVE TV