उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाउने चर्चा बजारिया हल्ला मात्र : मन्त्री भट्ट (भिडियो)



प्रकाशित मिति : Sep 28, 2020

काठमाडौं, १२ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्रालय टुक्रयाउन लागेको भन्ने चर्चा बजारिया हल्ला मात्र भएको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रालय टुक्रयाउने चर्चा चलिरेहका बेला मन्त्री भट्टले अहिलेको संकटमा मन्त्रालय टुक्रयाउने समय नभएको जिकिर गर्नुभयो । न्यूज २४ टेलिभिजनको नियमित कार्यक्रम ६ प्रश्नमा कुराकानी गदै मन्त्री भट्टले मन्त्रालय टुक्रयाउने भन्ने कुरा अहिले उपयुक्त नभएको पनि बताउनुभयो ।

सरकारले नक्सा जारी गरेसंगै कालापानी,लिपुलेक गुन्जी, नावी लगायतका क्षेत्रहरुमा सरकारले आवश्यक खाद्यान्न लगायतका सामग्री पुर्याउने बताउर्दै मन्त्री भट्टले त्यो नेपालको भूगोलमा बसोबास गर्ने नेपाली जनतालाई आवश्यक सामग्री र सेवा पुर्याउनु सरकारको दायित्व भएको बताउनुभयो । कालोपानी क्षेत्रका जनताको लागि खाद्यान्न लगायतका अत्याबश्यक बस्तुको सेवा पुर्याउन सरकार लागिरहेको मन्त्री भट्टले न्यूज २४ टेलिभिजनलाई बताउनुभयो ।

ठूला उद्यमी ब्यवसायीले उद्योग मन्त्रालय ओझेलमा परेको गुनासो प्रधानमन्त्री समक्ष राखेका छन् भन्ने बिषय प्रति असहमति जनाउदै मन्त्री भट्टले उद्योग मन्त्रालय ओझेलमा नपरेको दावी गर्नुभयो । उद्योग बाणिज्य महासंघ, चेम्वर सिएनआई लगायतको ब्यवसायिक संस्थाहरुको समस्यामा आफू गम्भीर रहेको पनि उहाँको भनाइ थियो ।

उद्योग मन्त्रालयका आफनो बिभाग र निकायहरुबाट उद्यमी ब्यवसायीको काम भइरहेको पनि मन्त्री भट्टले बताउनुभयो । पछिल्लो पटक बजार अनुगमनमा निस्केर चर्चा कमाएका मन्त्री भट्टले कालोबजारी गर्ने ब्यापारी र बिचौलियालाई कारवाहीको दायरामा ल्याएको दृढता व्यक्त गर्नुभयो ।

उपभोक्तालाइ ठगी गर्ने साना ठूला जो भए पनि नछाड्ने दावी गदै मन्त्री भट्टले बजार अनुगमनलाई देशभर र्नै प्रभावकारी बनाउन सबै जिल्लाका सिडिओ र स्थानीय तहसंग पनि समन्वय भइरहेको बताउनुभयो । बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता संरक्षण बिभाग लगायतका सबै निकायहरुलाई निर्देशन गरिएको पनि उहाँको भनाइ छ ।

देशभर दैनिक उपभोग्य बस्तुको आपूर्ति प्रणालीलाई प्रभावकारी बनाई औषधिजन्य बस्तु,खाधान्न लगायतका अत्याबश्यक बस्तुको अभाव हुन नदिने पनि उहाँको प्रतिबद्धता थियो ।
कुराकानी विस्तृतमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com