१२ आश्विन २०७७, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट, १२ असोज । रौतहटमा शौच गर्न खोला किनारामा गएका एक युवकको शव फेला परेको छ । जिल्लाको कटहरिया ९ मुसर टोल वस्ने भरत माझिको २८ वर्षीय छोरा किश्वरी माझीको शव फेला परेको हो ।

असोज ९ गते शौच गर्न भनि घरबाट घर नजिकैको रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै उनीहरुको आफन्तले खोजतलास गर्दा फेला नपरेकोले १० गते समयमा ईलाका प्रहरी कार्यालय कटहरीयामा खबर प्राप्त गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरीका टोलीले सो स्थान वरिपरि खोजतलाश गर्दा ११ गते दिउँसो उनको शव झांजखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

प्रहरीले सो स्थानको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको र थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

LIVE TV