ला लिगा : बार्सिलोनाको सानदार शुरुवात



प्रकाशित मिति : Sep 28, 2020

एजेन्सी, १२ असाेज । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४-० ले पराजित गर्दै विजयी शुरुवात गरेकाे हाे ।

बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको थियो । पहिलो हाफको अन्त्यमा मेस्सीको क्रसलाई पाउ टोरेसले आफ्नै पोष्टमा छिराउँदै आत्मघाती गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलकाे १५औं मिनेटमा अन्सु फातीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले जोर्डी अल्वाले पासमा गाेल गरेका थिए ।

१९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । फिलिपे कौटिन्होको पासमा कसैको निगरानीमा नरहेका फातीले उत्कृष्ट फिनिस गरेका थिए ।

३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो । मेस्सीको क्रसलाई क्लियर गर्ने क्रममा टोरेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ । भिल्लारियलको ३ खेलबाट ४ अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com