अर्मेनिया र अजरबैजान युद्ध : २३ जना मारिए



प्रकाशित मिति : Sep 28, 2020

काठमाडौँ, १२ असोज । अर्मेनिया र अजरबैजान बीचको क्षेत्रीय विवादमा २३ जना मारिएका छन् । विवादित नागोर्नो–काराबाख क्षेत्रमा आइतबार दुवै देशका सेनाबीच युद्ध भएको हो। उक्त युद्धमा दुवै पक्षका २३ जना मारिएका हुन् ।

अर्मेनिया र अजरबैजानबीच भएको भीषण युद्धमा उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिनुका साथै १ सय जना घाइते भएको उक्त समूहले जनाएको छ ।

दुवै पक्षले आ–आफ्नोतर्फ मानवीय क्षति भएको जनाएका छन्। यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा ५ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन्। तनावपछि अर्मेनिया, अजरबैजान र अर्मेनियानियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ । एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com