युभेन्टस रोमासँग बराबरीमा रोकियो



प्रकाशित मिति : Sep 28, 2020

एजेन्सी,  १२ असाेज । युभेन्टस इटालियन सिरी ए फुटबलमा रोमासँग बराबरीमा रोकिएको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–२ को बराबरीमा रोकिएको हो ।

दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, पहिलो हाफको इन्जुरी समयमा जोर्डनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा युभेन्टस दस खेलाडीमा समेटिएको थियो । उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस दस खेलाडीमा समेटिएको थियो । ६९ औं मिनेटमा रोनाल्डोले नै व्यक्तिगत दोसो गोल गरे । उनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाढेका हुन् ।

बराबरीसँगै युभेन्टसको दुई खेलबाट चार अंक भएको छ । पहिलो खेल गुमाएको रोमाले भने पहिलो अंक जोडेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com