न्युक्यासल युनाइटेडसँग टोटनहम बराबरीमा राेकियाे



प्रकाशित मिति : Sep 28, 2020

एजेन्सी, १२ असाेज । प्रिमियर लिग फुटबलमा टोटनहम न्युक्यासल युनाइटेडसँग बराबरीमा राेकिएकाे छ । आइतबार राति टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहम न्युक्यासलसँग १/१ गोलको बराबरी खेलेको हो ।

खेलको पहिलो हाफमा घरेलु टोलीले अग्रता लिएको थियो । खेलको २५ औं मिनेटमा टोटनहमका लुकास मउराले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले ह्यारी केनको पासामा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको अन्तिम मिनेटमा एरिक डायरले डिबक्समा ह्याण्ड गरेपछि न्युक्यासलले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई न्युक्यासलका कालुम विल्सनले गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए । घरेलु टोलीले सुरुवाती अग्रता जोगाउन नसक्दा न्युक्यासलसँग अंक बाढेको हो । भिएआरको सहायतामा दिईएको पेनाल्टी विवादित बनेको थियो ।

यस बराबरीसँगै टोटनहमले तालिकामा तीन खेलबाट ४ अंक जोडेको छ । त्यस्तै समान खेल खेलेको न्युक्यासलको पनि समान अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com