सौराहामा बढ्यो चहलपहल, पर्यटक भित्र्याउन होटल व्यवसायी बने सक्रिय (भिडियो)



प्रकाशित मिति : Sep 27, 2020
  • शरद आचार्य,

चितवन, ११ असोज । चितवनको सौराहामा चहलपल बढ्न थालेको छ । ६ महिनादेखि सुनसान बनेको पर्यटकीय क्षेत्र सौराहमा लामो दुरीका यातायात सञ्चालन र होटलहरु खुलेसंगै चहलपहल बढेको हो ।

आन्तरिक पर्यटकलाई भित्र्याउन अहिले होलट व्यवसायीहरु होटलको सरसफाइ र तयारीमा लागेको छन् । मुलुककै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको सौराहामा चहलपहल बढ्न थालेको छ ।

सरकारले लामो दुरीको सार्वजनिक यातायात सञ्चालन र होटलहरु खोल्ने अनुमति दिएसंगै अहिले होटल ब्यवसायी होटल सञ्चालको तयारीमा जुटेका छन् । होटलहरु खुलेसंगै उनीहरु व्यवसायीहरु हात्ती, जिप सफारी तथा विभिन्न प्याकेज ल्याएर आन्तरिक पर्यटक तान्ने तयारीमा छन् ।

विगतका वर्षहरुका सेप्टेम्बर २७ मा पर्यटकलाई बाजागाजा सहित स्वागत गर्ने ब्यवसायीहरु यस वर्ष भने पर्यटकको पर्खाइमा छन् । भ्रमण वर्षलाई लक्षित गरेर होटल सञ्चालनमा लगानी गरेका ब्यवसायीहरु अहिले मारमा परेको छन् ।

तत्काल विदेशी पर्यटक आउँने संभावनमा नभएपछि सस्तो प्याकेजमा आन्तरिक पर्यटकलाई लक्षित गरेर होटल सञ्चालन गर्ने ब्यवसायीहरुले बताएका छन् । राष्ट्रिय निकुञ्ज क्षेत्रमा बन्यजन्तु हेर्न तथा जंगल सफारी गर्न पर्यटकहरु सौराह पुग्ने गरेका छन् । सौराह पुग्ने पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् ।

सौराहा पुग्ने पर्यटकहरुले मौसम अनुसार निकुञ्ज भित्रको प्राकृतिक वातावरणमा रम्ने गरेका छन् । निकुञ्जमा जिप सफारीसंगै जंगलमा बन्यजन्तु तथा चरा अबलोकन र डुंगा सयर गर्दै आन्नद लिने गरेका छन् ।

सामान्य अवस्थामा चितवन निकुञ्जमा बार्षिक दुई लाख बभन्दा बढी पर्यटक घुम्न जाने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com