सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना संक्रमण



प्रकाशित मिति : Sep 27, 2020
  • राजन परियार

सिन्धुली ११, असोज । सिन्धुलीको कमलामाई नगरपालिका ६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।जिल्लामा कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका क्रममा एकै परिवारका ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार साहले जानकारी दिए ।सिन्धुली सदरमुकामको क्वारेन्टाइनमा बस्दै आएका अन्य ३ जनामा पनि संक्रमिण देखिएको साहले बताए । साहका अनुसार दुई जना महिला र सात जना पुरुष गरी नौ जनामा कोरोना संक्रमिणको पुष्टि भएको हो ।

असोज ६ गते २८ जनाको स्वाव संकलन गरी परीक्षणका लागि प्रदेशिक अस्पताल हेटौंडा पठाइएकोमा ९ जनामा संक्रमिण देखिएको हो ।

हाल सम्म सिन्धुलीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । ती मध्ये ६१ जना उपचारपछि निको भै घर फर्किसकेका छन् भने अन्य १७ जना सिन्धुली अस्पताल र एपोलो अस्पतालको आइसोलेशनमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com