राजकुमार सिद्धार्थले राजप्रसाद त्याग गरेको स्मरणमा मनाइयो महानिष्भिक्रमण दिवस



प्रकाशित मिति : Sep 27, 2020
  • मनोज श्रीवास्तव

कपिलवस्तु , ११ असोज । कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । राजकुमार सिद्धार्थले राजप्रसाद त्याग गरेको ऐतिहासिक क्षणमा स्मरणमा दिवस मनाइएको हो ।मध्यरातमा राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाइएको छ । तौलिहवाका शाक्य कूलका सिद्धार्थ शाक्य घोडामा चढेर पूर्वीद्वारबाट दरबार छाडेको भावभङ्गी सहितको नक्कल गरेर देखाएको थियो । ओलम्पियन बैकुण्ठ मानन्धरले पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाडदै गरेको दृष्य निक्कै रोमाञ्चक बनेको थियो ।

असार पूर्णीमाका दिन दिवस मनाउँने गरिए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणको कारण दिवस मनाइएको थिएन । क्षमापूजा गर्दै पर्यटकलाई स्वागत गर्ने सन्देश सहित गएराति यो दिवस मनाइको हो । ज्ञानको खोजीमा राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा दरवार त्याग गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com