विश्व पर्यटन दिवसको अवसरमा सिन्धुलीमा सिटी साइकल यात्रा



प्रकाशित मिति : Sep 27, 2020
  • राजन परियार

सिन्धुली, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा सिटी साइकल यात्रा गरिएको छ ।रोट्याक्ट क्लबको आयोजनामा कमलामाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा झन्डै २ घण्टामा करिब १२ किलोमीटर साइकल यात्रा गरिएको थियो ।जिल्लामा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले सिटी साइकलको आयोजना गरिएको रोट्याक्ट क्लब सिन्धुलीगढीकी अध्यक्ष सुजिता खडकाले बताइन्।

लोकतान्त्रिक चोकमा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग खत्रीले साइकल यात्रा शुभारम्भ गरेसंगै सुरु गरिएको साइकल यात्रा धुरा बजार, मिलनचोक, ढकाल गाउँ, ढुंग्रेबास, विपी राजमार्ग, वडा नं. ७ को वडा कार्यालय, २ नं. नम्बर बजार हुँदै वडा नं. ५ को कार्यालय मधुटारमा पुगेर समापन गरिएको थियो ।साइकल यात्रामा कमलामाई नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष उज्वल थापा, जनता समाजबादी पार्टी कमलामाइ नगरका इन्चार्ज दिपेश थापा, प्रहरी र जिल्लाका युवा सहभागीता थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com