हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई ‘बासु रोटरी भोकेशनल सुशासन अवार्ड’



प्रकाशित मिति : Sep 27, 2020

काठमाडौं, ११ असोज । बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९/२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत हुने भएका छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले १० लाख राशीको सो अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालका अनुसार स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रोत्साहन गर्दै यस बर्षको अवार्ड प्रदान गरिने जनाएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का अनुसार ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९/२० का लागि प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७ जना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।

पुरस्कृत हुनेहरुमा विनु तिमल्सिना (नेपाल टेलिभिजन) मोरङ, श्याम बन्जारा (आवाज एफएम र जनभण्डाफोर दैनिक) पर्सा, कमला हमाल (जनता टिभी) काठमाडांै, दीपेन्द्र श्रेष्ठ (अन्नपूर्ण एफएम)कास्की, लक्ष्मी आचार्य (नयाँ युगवोध दैनिक र समरेखा मासिक) दाङ, भीमबहादुर सिंह (कान्तिपुर दैनिक)जाजरकोट र उन्नति चौधरी (कैलाली) रहेका छन् । उक्त पुरस्कारको राशी जनही रु २५ हजार रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com