गो-लोकल : भक्तपुरको स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनका लागि सम्झैता



प्रकाशित मिति : Sep 27, 2020
  • रामगोपाल तमखु,

भक्तपुर, ११ असोज । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले रैथानेतर्फ ‘गो लोकल’ कार्यक्रममा आज सम्झौता गरेको छ ।

रैथानेतर्फको कार्यक्रममा भक्तपुरको स्थानीय उत्पादनलाई एउटा ब्राण्ड बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रबद्र्धन गर्ने उद्धेश्य रहेको भक्तपुर घरेलु तथा साना उद्योग संघका उध्यक्ष बिरेन्द्र जतिले बताए ।

‘परम्परागत एवं मौलिक उत्पादनलाई पर्यटकीय उत्पादनको रुपमा प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता हो’ भन्दै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष राम सुन्दर भेलेले परम्परागत एवं मौलिक उत्पदनको क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए ।

सोही उद्धेश्य पूरा गर्न आज पर्यटन दिवसको अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले आपसी सहकार्य गरी पाँचबर्षे रैथानेतर्फ ‘गो लोकल’ कार्यक्रममा सम्झौता गरेको हो ।

यस कार्यक्रम अन्तर्गत हाललाई रैथानेतर्फ ‘गो लोकल’ उत्पादनमा जूजू धौ, काष्ठकाला, भादगाउँले टोपी, ताईचिन चिउरा, माटाका भाँडाकुडा, नेपाली कपडा बुनाई, गलौचा बुनाइ, नेपाली कागजको मुकुण्डो, काठको मुकुण्डो, नेपाली कागज, धातुकला, उनको बुलाइ, फेल्ट बुनाई, चामल तथा पीठो, स्थानीय अयला आदिलाई लिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com