११ आश्विन २०७७, आईतवार

एजेन्सी, ११ असोज । भारतका पूर्व केन्द्रीय मन्त्री जसवंत सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ। उनी भाजपाका संस्थापक सदस्यहरू मध्ये एक थिए।राजस्थानको बाडमेरबाट आएका जसवंत सिंहले वाजपेयी सरकारमा परराष्ट्र, रक्षा र वित्त मन्त्रालयको पदभार लिएका थिए। उनी भारतीय सेनामा मेजर पनि थिए। भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटमा भनेका छन्, ‘जसवंत सिंहले हाम्रो देशका लागि तनमनले सेवा गरे, पहिले एक सैनिकको रूपमा र पछि राजनीतिसँगको लामो सम्बन्धमा। उनले अटलीको सरकार र वित्त, रक्षा र वैदेशिक मामिलामा अत्यन्त महत्वपूर्ण विभागहरू सम्हाले। यसले विश्वमा कडा प्रभाव पारेको छ। उनको निधनबाट म दुखी छु।’

उनले ट्वीट फेरि थपेका छन् , ‘जसवंत सिंहलाई राजनीति र समाजको मामिलामा अनौंठो दृष्टिकोणको लागि याद गरिनेछ। उनले भाजपालाई सुदृढ पार्न पनि योगदान गरे। उनको परिवार र समर्थकप्रति मेरो संवेदना। ओम शान्ती’ ।

LIVE TV