आहा ! रारा ताल, पर्यटकहरुको संख्या बढ्न थाल्यो (तस्वीर)



प्रकाशित मिति : Sep 27, 2020
  • दान बहादुर बुढा,

मुगु, ११ असोज । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लामो समयसम्मको लकडाउन र निषेधाज्ञा खुलेसँगै नेपालकै सुन्दर र ठूलो ताल ‘रारा ताल’ घुम्न आउने पर्यटकहरुको संख्या बढ्न थालेको छ ।

कोरोना संक्रमणका कारण गत वर्षको चैत ११ गतेबाट लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण ‘रारा ताल’ सुनसान बनेको थियो । तर, लकडाउन र निषेधाज्ञा खुलेसँगै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या दिनप्रति दिन बढ्न थालेका छन् ।

सुन्दर र हरियाली वनजङ्गलको बीचमा रहेको सुन्दर गुरुखुरे आकारमा रहेको रारा ताल समुन्द्र सतहदेखि २ हजार ९ सय मिटरको उचाईमा रहेको छ । यो ताल ५.१ कीमी लम्बाई, २.७ कीमी चौडाई र १६७ मिटर गहिरो रहेको छ ।

अन्तर्राष्ट्रिय महत्तव बोकेको रारा ताललाई २०७४ असोज ६ गते सिमसार क्षेत्र घोषणा गरिएको छ । रारा तालको संरक्षण तथा पूर्वाधार बिकासको नाममा वर्षेनी लाखौं बजेट छुट्याइए पनि टाठा–बाठाको मागी खाने भाँडो भएको स्थानीयहरुको गुनासो छ ।

उक्त बजेट तारा ताल संरक्षण तथा त्यहाँसम्म पुग्ने बाटोघाटो निर्माणमा खर्च गरिएको खण्डमा मात्र पर्यटकहरुको घुइचो लाग्ने र आर्थिक बृद्धि हुने स्थानीयहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com