अग्सवर्गसँग डर्टमण्ड पराजित



प्रकाशित मिति : Sep 27, 2020

एजेन्सी, ११ असाेज । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड अग्सवर्गसँग २–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा अग्सवर्गलाई  जितका लागि फेलिक्स उडोखी र डेनियल काल्गिरीले एक–एक गोल गरे । खेलको ४० औँ मिनेटमा फेलिस्कले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको अग्सवर्गले दोस्रो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

खेलको ५४ औँ मिनेटमा डेनियलले गोल गर्दै अग्सवर्गलाई २–० गोलको जित निकाले । जितसँगै अग्सवर्गले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित डर्टमण्डको ३ अंक छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com