१० आश्विन २०७७, शनिबार

एजेन्सी, १० असोज । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटनबिरुद्द ३–२ गोलको पुनरागमन जित हासिल गरेको छ । शनिबार भएको खेलमा बुर्नो फर्नान्डेजले इन्ज्यूरी टाइममा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पुनरागमन जित हासिल गरेको हो ।

लिगमा युनाइटेडको यो पहिलो जित हो । इन्ज्यूरी समयको अन्तिममा थपिएको १० मिनेटमा फर्नान्डेजले गोल गरेपछि बराबरी उन्मुख खेलले स्पस्ट नतिजा लिएको हो ।

यसअघि खेलको ४० औ मिनेटमा निल माउपेले पेनाल्टीमार्फत् गोल गरी ब्राइटनलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि नै लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

त्यस्तै, खेलको ५५ औ मिनेटमा मार्कस रासफोर्डले गोल गरी पाहुना टोली युनाइटेडलाई अग्रता दिलाउन सफल भए । साथै, इन्ज्यूरी समयको पाँचौं मिनेटमा सोलोमोन मार्चले बराबरी गोल गरेपछि खेल नाटकीय ढङ्गले सकिएको थियो ।

LIVE TV