१० आश्विन २०७७, शनिबार
  • अभिमन्यू लामीछाने

उदयपुर, १० साउन । उदयपुरको कटारी नगरपालिका ७ स्थित पाट्ने जंगलको वन क्षेत्रमा संचालित होटल वन कार्यालयले रोकेको छ । वन क्षेत्रमा अवैधानिक तरिकाले संरचना निर्माणगरी होटल संचालन गरेको बिषयमा सामाजिक संजालमा व्यापक आलोचना भए संगै हिमालय सामुदायिक वन क्षेत्रमा असोज १ गते बाट संचालनमा आएको थुम्की होटल एण्ड अर्गानिक सेन्टर डिभिजन वन कार्यालय त्रिवेणी कटारीले रोक लगाएको हो ।

कटारी ७ का स्थानीय युवा संजय मगर र नेत्र किरातीले त्यस क्षेत्र भएर आवतजावत गर्ने यात्रीहरुको सुविधालाई मध्यनजर गर्दै असोज १ गते कटारीका नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठबाट होटलको उद्घाटन गराएका थिए ।

होटल उद्घाटन कार्यक्रममा ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवाकोटी ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्री, कटारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, उदयपुर उधोग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्का सहितको टोली सहभागी भएको थियो।

त्यहाँ होटल संचालनमा आए पछि स्थानीयले वन क्षेत्रको जमिनमा आफुखुशि संरचना टहरा बनाएर होटल संचालन गर्न नपाईने भनेर सामाजिक संजालमा व्यापक विरोध गरेका थिए ।

विकट र पानीको अत्यन्तै समस्या थियो । त्यहाँ होटल संचालनमा आए पछि सो स्थान भएर आवतजावत गर्ने यात्रुहरुलाई खाजा नास्ता र पानी खान सहज भएको थियो । यात्रुहरुले सुरक्षित महसुस समेत गर्न थालेका थिए तर वनले त्यहाँ होटल संचालनमा रोक लगाएको होटलका संचालक नेत्र किरातीले बताए ।

डिभिजन वन कार्यालय कटारीका प्रमुख उपेन्द्र पटेलले वन क्षेत्र भित्र अनुमति नै नलिईकन होटल संचालन गरिएको सूचना वन कार्यलयले पाए सँगै वन क्षेत्रमा होटल संचालनमा रोक लगाएको बताउनु भयो।

संरचना बनेको पाईएको छ बनेको संरचना पर्यापर्यटन कार्यक्रम अन्तर्गत अब सामुदायिक वनलाई हस्तान्तरण गरी सो संरचनालाई यात्री विश्राम स्थलको रुपमा प्रयोग गरिने पनी प्रमुख पटेलले बताउनु भयो ।

LIVE TV