१० आश्विन २०७७, शनिबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, १० असोज । कपिलवस्तुमा ‘सुरक्षित गर्भपतन सेवाप्रति हाम्रो प्रतिबद्धता, कोडिभ–१९ को महामारीमा पनि सेवाको प्रतिबद्धता’ भन्ने मुल नाराकासाथ छैटौं सुरक्षित गर्भपत दिवस मनाइएको छ ।

शनिबार कपिलवस्तु्को तौलिहवामा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । नेपाल परिवार नियोजन संघ कपिलवसतु शाखा र मेरी स्टोप्स तौलिहवा शाखको सहयोगमा कपिलवस्तु नगरपालिकाले अन्तरक्रिया सम्पन्न गरेको हो ।

उक्त अवसरमा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले सुरक्षित गर्भपतन सेवा उपलब्ध भएपनि असुरक्षित गर्भपतन गर्ने गरिएको बताए । उनले विभिन्न औषधि र अन्य असुरक्षित तरिकाले गर्भपतन गराउँदा महिलाहरुको ज्यान जोखिममा परेको बताए ।

उनले सुरक्षित र मर्यादित बन्नुपर्ने र अस्थायी साधान समेत प्रयोग गर्नुपर्नेमा जोड दिए । उता मेरी स्टाप्स तौलिहाव शाखाका संयोजक मनिराम पाण्डेयले सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको बताए ।

उनले मेरी स्टोप्सको तौलिहवा र चन्द्रौटा शाखामा गत वर्ष २२ सय महिलाले गर्भपतन सेवा लिएका बताए । उनले अझै पनि थुप्रैले असुरक्षित गर्भपतन गराउने गरेको बताए । नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले प्रचारप्रसार र सचेतना बढाउनु पर्नेमा जोड दिए ।

LIVE TV