१० आश्विन २०७७, शनिबार
  • सुरेश भट्ट,

असोज, १० कञ्चनपुर । कञ्चनपुरका किसान मसिनो धान उत्पादनतर्फ आकर्षित भएका छन् । किसान परियोजना, कृषि ज्ञान केन्द्र र उदयदेव सहकारी लगायत अन्य सहकारीहरुले किसानलाई अनुदानमा बीउबिजन र तालिम प्रदान गरेपछि मसिनो धान उत्पादनतर्फ किसान आर्कषित भएका हुन् ।

अन्य धान भन्दा मसिनो धानको मूल्य बढी भएको र मसिनो धानको उत्पादन र बालीनाली छोटो समयमै हुने भएकाले आफूलाई मसिनो धाननै लगाउन मन परेको किसान सीता चौधरीले बताइन् ।

उदयदेवका सदस्यलाई कृषि ज्ञान कञ्चनपुर र उदयदेव सहकारीले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ प्रदान गरेको हो ।

उक्त धानको बाली कस्तो छ ? र अगामी दिनमा कुन धान लगाउने भनेर बुझ्न सुदूरपश्चिम प्रदेश कृषि तथा भूमी सुधार मन्त्रालयका सचिवसँगै कृषि ज्ञान कञ्चनपुर र किसान परियोजनाको सयुक्त अनुगमन रहेको उदयदेव कृषि सहकारी संस्थाका कार्याकारी प्रमुख गणेश बहादुर चन्दले बताए ।

नेपालमा मसिनो धानको मागसँगै मूल्य बढी भएकाले मसिनो धानमै लगानीमा आम्दानी बढ्ने र यसले नेपालमा आयात हुने धानलाई घटाउने सरकारको अवधारणा अनुसार यसको उत्पादनलाई बढाइएको किसान २ परियोजना धनगढीका जनक नारायण आचार्यले बताए ।

किसानलाई दक्षता बनाउने कुरा र प्राविधिकहरुले प्रविधिको प्रयोग गरी किसानलाई त्यो प्रविधि हस्तानतरण गर्ने विधि भएकाले किसानहरु यसमा खुशी भएको हुनाले दुवै धानको उत्पादन हेरी किसानलाई कति मुनाफा हुन्छ यसको बिवरण सार्वजनिक गरिने भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढीका योजना महाशाखाका बरिष्ठ कृषि प्रशासख अधिकृत गोकुल प्रशाद बोहराले बताए ।

किसान लगाउने अन्नबालीमा नेपाल सरकारले समयमै मल र उचित तालिम प्रदान गर्न सके उनीहरुलाई थप हौसला पुग्ने देखिन्छ ।

LIVE TV