१० आश्विन २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, १० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै १ सय १९ जना डिस्चार्ज भएका छन् । जसमा मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मनत्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८८ पुगेको छ ।
प्रदेश १ मा असोज १० गते ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV