१० आश्विन २०७७, शनिबार

काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष रहेका छन् । जसमा सप्तरीका ६३ वर्षीय पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष र कैलालीका ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।

File Photo

त्यसैगरी काठमाडौंका २० र ७४ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ४ सय ६७ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ० दशमलव ६५ प्रतिशत हो ।

LIVE TV