१० आश्विन २०७७, शनिबार
  • गोविन्द कुँवर,

काठमाडौं, १० असोज । जलवायु परिवर्तनको असरले नेपालका हिमालहरु पग्लिने र नदी किनारका वासिन्दामा जोखिम बढ्ने चेतावनी धेरै अघि दिइएको हो ।

हुन पनि जलवायु परिवर्तनको असर नेपालका हिमालहरुमा देखिन थाल्दा हिमालमा हिउँ नभइ चट्टान देखिन थालिएको छ भने नेपालको हिमनदीमा आश्रित दक्षिण एसियाका करोडौ मानिसको यस्को प्रभावमा पर्न थालेका छन् ।

त्यसमाथि जलवायु परिवर्तनले नेपालको हिमालहरुमा सोझै असर पार्दा नेपालमा रहेका हिमतालहरु विस्फोटको जोखिम पनि तीब्र बन्दै गएको छ । नेपाल, भारत र चीनको तिब्बतमा रहेका ४७ हिमताल विस्फोटको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले गरेको अध्ययनले ३ हजार ६ सय २४ वटा हिमताल रहेको पहिचान गरेको छ भने ती मध्य ४७ वटा विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

हिमाली क्षेत्रको तापक्रम वृद्धिदर विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म रहेकाले विस्फोटको उच्चजोखिम रहेको अध्ययन टोलीको निष्कर्ष छ ।

अन्नपूर्ण, लाङटाङ र खुम्बु क्षेत्रका हिमनदी ९ग्ल्यासियर० सुक्दै गएको निष्कर्ष निकालेका बेला अध्ययनले चीनको तिब्बत स्वायत्त क्षेत्र ९टीएआर०, नेपाल र भारतका ४७ वटा हिमताल (ग्ल्यासियर लेक) विस्फोटको उच्च जोखिममा रहेको देखाएको छ ।

२०३७ सालयता भएका हिमताल विस्फोटका घटना

नेपालमा रहेका कुल हिमताल – जोखिममा रहेका हिमताल

  • नेपाल : २ हजार ७० वटा–२१ वटा
  • तिब्बत : १ हजार ५ सय ९ वटा – २५ वटा
  • भारत : ४५ वटा – १ वटा

इसिमोड र युएनडीपीले गरेको अध्ययनले नेपालको कोशी, गण्डकी र कर्णाली नदीको बेसिन,चीनको स्वशासित क्षेत्र तिब्बत र भारतमा रहेका गरी कुल ४७ हिमताल खतराको सम्भावनामा रहेको पहिचान गरेको छ ।

यी हिमतालहरू फुट्ने जोखिम उच्च रहेको छ । जसले तल्लो तटीय क्षेत्रमा ताल फुटेर बाढीको प्रकोप सिर्जना हुनसक्ने जोखिम रहेको औल्याएको छ । हिमनदीको हिउँ पग्लेर तालहरु बन्ने र ति तालहरु फुटेमा त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुने जनाएको छ ।

हिमताल र पहिचान गरिएका सम्भावित खतरामा रहेका हिमताल चीनमा २५, नेपालमा २१ र एउटा भारतमा रहेका छन् । पहाडी क्षेत्रमा रहेका जनता र तल्लो तटीय क्षेत्रमा उच्चजोखिम रहेको छ । पहिचान गरिएका ४७ सम्भावित खतरामा रहेका हिमतालमध्ये ४२ वटा कोशी बेसिन, तीन ओटा गण्डकी बेसिन र दुई वटा कर्णाली बेसिन क्षेत्रका हिमताल जोखिममा छन् ।

मौसममा आएको अत्यधिक प्रभावका कारण नेपालले हरेक वर्ष औसतमा ३ सय ३३ व्यक्तिको ज्यान गरेको छ भने १७।२४ मिलियन अमेरिकी डलर बराबरको क्षति हुने गरेको अध्ययनले देखाएको छ । सन् १९९७ देखि २६ वटा हिमताल फुटेर विनाशकारी बाढी आएको घट्ना नेपालले व्यहोरिसकेको छ ।

मौसममा आएको परिवर्तनसँगै हिमताल पग्लने दर बढ्दो क्रममा रहेकाले नेपालका लागि हिमताल सिर्जित बाढी वर्तमान समयको सवैभन्दा ठूलो चुनौती हो ।

प्रतिवेदनअनुसार खुम्बु क्षेत्रको इम्जा हिमताल विस्फोट भएको खण्डमा तल्लो तटीय क्षेत्रका ९६ हजार ७ सय ६७, च्छो रोल्पा विस्फोट भए १ लाख ४१ हजार र गण्डकी जलाधारको ठूलागी हिमताल विस्फोट भए १ लाख ६५ हजार ६८ मानिस प्रभावित हुने निश्चित छ ।

LIVE TV