९ आश्विन २०७७, शुक्रबार

काठमाडौं, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठको कार्यकाल असोज १३ गते सकिदै छ । तर उनले कार्यकाल सकिनुभन्दा ४ दिन अघि नै शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

उनले बुझाएको राजीनामा पत्र काउन्सिल बोर्डले स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृती भएसँगै काउन्सिलका वरिष्ठ सदस्य गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षमा चयन हुनुभएको छ ।

श्रेष्ठले राजीनामा पत्र बुझाउदै काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको प्रतिकृया दिए । सरकारले एक महिना अगाडि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो । सो नियुक्ति रोक्न सर्वोच्चले आदेश दिएपछि सरकारको निर्णय कार्यन्वयन हुनसकेको थिएन । त्यहीकारण श्रेष्ठले पदमा निरन्तरता पाएका थिए ।

२ बर्ष अघि सरकारले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । तर उनको योग्यतामा प्रश्‍न उठेपछि अदालतमा मुद्दा परेको थियो । सो मुद्धा अदालतमा विचाराधीन रहेकाले काउन्सिलको नेतृत्व कार्यवाहक अध्यक्षबाट हुँदै आएको छ ।

LIVE TV