९ आश्विन २०७७, शुक्रबार
  • रामगोपाल तमाखु

भक्तपुर, ९ असोज । भक्तपुर नगरपालिकाले ७५ वेड सहितको आइसोलेसन केन्द्र तयार गरेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या दिनहु बढ्दै गएपछि स्थानीय तहलाई आइसोलसन केन्द्र व्यवस्थान गर्ने जिम्मा दिएपछि नगरपालिकाले आफनै खर्चमा केन्द्र तयार र संचालनमा ल्याउने भएको हो ।

भक्तपुरको व्रम्हायनी स्थित वडा नम्वर ९ मा रहेको सामुदायीक बहुउद्धेश्य भवनमा १० जना स्वास्थ्यकर्मी र ६ वेड अक्सिजन सहित आइसोलेसन केन्द्र तयार गरेको हो ।

केन्द्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएका र सामान्य लक्षण देखिएर विरामीलाई १४ दिन सम्म राखिने नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
भाइरस समुदायमा फैलिन नदिन होम आइसोलेसनमा वस्ने वातावरण नभएका विरामीलाई भोली शनिवार वाट केन्द्रमा राखिने छ ।

केन्द्रमा जेष्ठ नागरिक, महिला र पुरुषलाई छुटाछुटै तल्लामा राख्ने व्यवस्था मिलाएको छ । केन्द्रमा भाइरस संक्रमित विरामीलाई दैनिक ४ पटक सम्म खाना खुवाउने व्यवस्था गरेको जनाएको छ ।

आइसोलेसन केन्द्रको आज प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डे, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतम, विरदल गणका प्रमुख कर्णेल शिव पौडेल, भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापति लगाएतले निरिक्षण गरि जानकारी दिनुभयो।

LIVE TV