९ आश्विन २०७७, शुक्रबार

काठमाडौं, ९ असोज । प्रदेश ५ सरकारले दशैँ तिहारलाई मध्यनजर गर्दै नेपाल भारत सीमामा तत्कालीन समयका लागि आवतजावतमा गर्न रोक लगाउने भएको छ ।

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोले दशैँ तिहारमा भीडभाड बढ्ने भएकाले केहि समय सीमामा आवतजावत बन्द गराइने निर्णय भएको प्रदेश ५ ले जनाएको छ ।

कोरोना नियन्त्रणसँगै दशैँ तिहारमा मानवीय क्रियाकलापलाई कसरी सामान्य बनाउने भन्ने बिषयमा निर्णय लिन प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक शुक्रबार बसेको थियो । सो बैठकले भारतमा गएर केही दिन बस्ने र फर्कन त्यस्तै भारत तर्फबाट पनि केहि दिन नेपाल आउने जस्ता प्रयोजनका लागि सीमामा आवतजावत गर्न नपाईने निर्णय गरेको हो ।

त्यस्तै भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीहरु जान पाउने छैनन् । तर भारतबाट आफ्नो घर नेपाल आउन र भारतमा घर हुने भारतीलाई उनीहरुको घर जान भने नरोक्न बैठकले निर्णय गरेको छ ।

नेपाल प्रवे गर्ने क्रममा कोरोनासँग मिल्दाजुल्दा लक्षण पाइएका मानिस पाइए तत्काल पीसीआर परीक्षण गराउन निर्देशन दियएको छ । भारतमा दिनदिनै उच्च मात्रामा संक्रमित थपिएकाले प्रदेश ५ सरकारले यस्तो निणएय गरेको हो ।

LIVE TV