कोभिडबाट समस्यामा परेका ऋणीहरुलाई सहयोग गर्छौं : भुवन दाहाल, अध्यक्ष, बैकर्स संघ (भिडियो)



प्रकाशित मिति : Sep 25, 2020

काठमाडौं, ९ असोज । कोरोना भाइरसको महामारी र लकडाउनबाट अर्थतन्त्र थला परेको छ । साना, मझौला तथा ठूला सबै खालका ब्यवसायीलाई बैक तथा बित्तीय संस्थाको ब्याज किस्ता बुझाउन धौ धौ परेको छ ।

कोरोना महामारीको कारण उद्योग ब्यवसाय, होटल, पर्यटन, यातायात, साना लगानीका ब्यवसाय बढी मारमा परेका छन् । नेपाल राष्ट्र बैकले मौद्रिक नीति मार्फत कोरानाबाट प्रभावितलाई बिभिन्न तहमा बर्गीकरण गरेको छ ।

राष्ट्र बैकले बिभिन्न निर्देशनहरु पनि जारी गरेको छ । कमजोर ऋणी तथा प्रभावित ब्यक्तिलाई सहुलियत तथा राहत दिने भनिएको छ तर ब्यवहारमा त्यो हुन सकेको छैन ।

न्यूज२४ टेलिभिजनको नियमित कार्यक्रममा ६ प्रश्नमा कुराकानी गर्दै नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले कोरोना र लकडाउनबाट प्रभावित भएर बैंकको ब्याज तथा ऋण बुझाउन नसक्नेलाई बैकले सहयोग गर्ने बताउनु भएको छ ।

पछिल्लो समय बैंक तथा बित्तीय संस्थाहरुबाट लिएको ऋण बुझाउन नसक्ने बर्ग निराश भएका छन । बैक तथा बित्तीय संस्थाहरुले कमजोर बर्गलाई पहिचान गरेर उनीहरुलाई राहत दिने बैकर्स संघका अध्यक्ष दाहालले आश्वासन दिएका छन ।

अध्यक्ष दाहालले बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुरुप काम गरेको बताए । बैकहरुले ऋणीलाई अप्ठ्यारो हुने गरी काम नगर्ने र अहिलेको अवस्थामा मर्कामा परेको ब्यक्तिहरु प्रति बैकहरु इमान्दार बन्ने बैकर्स संघका अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालसंगको कुराकानी विस्तृतमा


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com