९ आश्विन २०७७, शुक्रबार

काठमाडौँ, ९ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित राष्ट्र बैंकका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार डेपुटी गभर्नर श्रेष्ठ सहित ७ उच्च अधिकारीमा कोरोना पुष्टि भएको हो

डेपुटी गभर्नर शिवराज श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका ६ जना उच्च अधिकारीमा कोरोना संक्रमण पुष्टि छ । स्रोतका अनुसार श्रेष्ठका सवारी चालकलाई पनि कोरोना पुष्टि भएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु समेत कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् ।

LIVE TV