९ आश्विन २०७७, शुक्रबार
  • ज्योति कुमार पन्थी

बर्दिया, ९ असोज । गुलरिया नगरपालिकाकी उपप्रमुख शुशीला गिरीले नेपालमा जारी लकडाउनका कारण गरिब र निमुखा बर्गलाई झनै समस्या परेको बताउनु भएको छ ।

दलित महिला संघ बर्दियाले आयोजना गरेको कोभिड- १९ मा दलित महिलाहरूलाई पारेको प्रभावका बिषयमा आयोजित कार्यक्रममा बोल्दै उप प्रमुख गिरीले सो कुरा बताउनु भएको हो ।

विशेष गरी दलित समुदायका मानिसहरू जो अर्काको घरमा दैनिक ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् उनीहरु नै लकडाउनको समयमा प्रभावित भएको बताउनुभयो ।

त्यस्तै, दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले लकडाउनको समयमा महिला हिसां बढेको र दलितको समुदायको रोजिरोटीमा समेत असर परेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित सहभागिले दलितलाई अहिले पनि भेदभाव पुर्ण ब्यबहार गर्ने गरिएको गुनासो गरेका थिए । कोभिड -१९ र यसले दलित महिलालाई परेको प्रभावका बिषयमा १ दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार गुलरियामा सम्पन्न भएको छ ।

LIVE TV