८ आश्विन २०७७, बिहीबार
  • इन्दिरा चाम्लिङ

बेल्जियम,८ असोज । गैर आवासीय नेपाली संघको यूरोपियन क्षेत्रीय सम्मेलन आगामी अक्टुवर ३ र ४ मा भर्चुअल रूपमा हुने भएको छ ।उक्त क्षेत्रीय सम्मेलनको नारा “मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान “ रहने कुरा गैर आबासीय नेपाली संघ युरोप सयोजक नारायण आचार्यले आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

तेह्रौँ यूरोपियन सम्मेलन तथा ११ औँ क्षेत्रीय महिला सम्मेलन लगायत दोश्रो यूरोपियन विज्ञ सम्मेलन दुई दिन सम्म चल्ने छ । युरोप क्षेत्रको बैठक पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने तय भएको जानकारी दिइएको छ ।कोरोना महामारीका कारण सबै कार्यक्रमहरु भर्चुअल रूपमा आयोजना हुनेछन् । संघको विभिन्न क्षेत्रीय सम्मेलन भईरहेको यो समयमा यूरोप क्षेत्रीय सम्मेलन विशेष रहने क्षेत्रीय संयोजक आचार्यको दाबी छ । महिला सम्मेलनमा चर्चित नायिका मनिषा कोईराला देखि रामकुमारी झाक्री, अनुराधा कोइराला, ,डिना उपाध्याय लगायतको समेत उपस्थिति र बिभिन्न शेसनहरूमा सहभागिता रहने यूरोप महिला सयोजिका योगिता थापाले प्रेस सम्मेलनमा बताईन ।

प्रेस सम्मेलनमा यूरोप क्षेत्रमा रहने ३ दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ यूरोप, बेलायत र बेल्जियमका अध्यक्षहरु र नेपाल प्रेस युनियन बेलायतका अध्यक्षको पनि उपस्थिति रहेको थियो । सम्मेलनमा पत्रकारहरुले आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए । एनआरएनए सचिवालयका विभिन्न पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षा मन्त्री गिरिराज मणि पोखरेल , पूर्ब मन्त्रीहरू गगन थापा म प्रकाश शरण महत , मिनेन्द्र रिजाल , गंगालाल तुलाधर लगायत सो भर्चुअल सम्मेलनमा सहभागिता रहने समेत बताइएको छ ।

LIVE TV