८ आश्विन २०७७, बिहीबार

काठमाडौं, ८ असोज । मिर्गौला पीडित नेपाल तरुण दल, सुनसरीका पूर्व अध्यक्ष दूर्गा देवकोटाको लागि सहयोग जुटेको छ । मिर्गौला पीडित देवकोटाको उपचारका लागि अमेरिकाबाट २ लाख २३ हजार ४० रुपैयाँ सहयोग जुटेको हो ।

कांग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्का र नेपाली कांग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा उक्त सहयोग रकम जुटेको हो ।

संगठनका एक योद्धालाई सम्झेर सहयोग गर्ने सबैलाई नेपाल तरुण दल केन्द्रीय समितिले धन्यवाद दिएको छ । तरुण दल केन्द्रीय समितिले विज्ञप्ती जारी गर्दै सहयोग गर्ने सबैको नामावलीसहित धन्यबाद ब्यक्त गरेको हो ।

जारी विज्ञप्ती अनुसार मिर्गौला पीडित देवकोटाको उपचारका लागि प्रवासमा रहेका हरिबोल भण्डारी, शंकर खड्का, विकास उप्रेती, गौरीराज जोशी, सुनिल, अन्नत सुबेदी, प्रमोद सिटौला, गुप्ता जोशी, अमृत सापकोटा, कृष्ण जीवी पन्त, उज्जवल खत्री, राजु बम्जन, अमृत कट्टेल, रघु सुवेदी, राजन त्रिपाठी र प्रविन घिमिरेले सहयोग गरेका हुन् ।

LIVE TV