८ आश्विन २०७७, बिहीबार
  • शिव डुम्रे

बुटवल, ८ असोज ।  अविरल वर्षासँगै तिनाउ नदीले साढे ५ मिटरभन्दा माथिको तह पार गरेको छ । बिहानको रेकर्ड बमोजिम जलसतह ५.७१ मिटर तह पर गरेको थियो, पानी अविरल परिरहेको कारण यो सतह झन बढ्दाे क्रममा छ ।

तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । तिनाउ नदीमा ५.६ मिटरसम्म खतराको तह मानिन्छ ।

नदी तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पहाडी क्षेत्रमा निरन्तर नै वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरुमा बाढीको जोखिम बढेको छ । पाल्पा हुँदै बुटवल को बिचबाट बग्ने नदि वरिपरी विगतमा बाढीले ठूलो धनजनको क्षति गराउने गरेको छ ।

LIVE TV