
काठमाडौं, ७ असोज । मंगलबार बसेको मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले बाढी र पहिरोले ग्रसित भएपछि बाग्लुङ र सिन्धुपाल्चोकलाई सरकारले विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको बताउनुभयो
विपद व्यवस्थापनका लागि सरकारले तत्काल प्राधिकरण मार्फत काम गर्ने मन्त्री ज्ञावलीले बताउनुभयो ।