
- मनोज श्रीवास्तव
कपिलवस्तु, ७ असोज । वाणगंगा नगरपालिका स्थित बनगाई–भलवार्ड सडक खण्ड अन्तर्गत कजवे पुलमा आएको बाढीले पिकअप जीप बगाउदा एक जनाको मृत्यु भएकोछ । दुई जना बेपत्ता भएका छन् ।
विद्युत प्राधिकरण जीतपुर फ्यूज सेन्टरको बा१ञ १०८९ नंबरको पिकअप भलवार्डबाट विद्युत मर्मतसंभार गरेर फर्कने क्रममा बुधवार ३ बजेतिर बगाएको हो ।
मृत्यु हुनेमा गुल्मीको तामघासका हेल्पर माधवप्रसाद पाण्डे रहेका छन् । उनले नै पिकअप चलाएका थिए । त्यस्तै सुपरभाईजर कृष्ण पोखरेल बेपत्ता रहेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले बताए ।
त्यस्तै अर्घाखाँची शितगंगा नगरपालिकाका केशवप्रसाद भाट बेपत्ता रहेको उनले बताए । पिकअपमा ६ जना रहेका थिए । ४ कर्मचारी र दुई सर्वसाधारण चढेका थिए । तीन जना पौडी खेलेर बाच्न सफल भएका छन् ।
सेना, सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको खोजी गरिरहेका छन् ।